काठमाडौः चलचित्र विकास बोर्डमा यही डिसेम्बर ९ देखि जारी १२ औँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फोटोपत्रकार मनिष अर्यालयको एकल फोटो प्रदर्शन चलिरहेको छ ।
२०१० देखि लगातार रुपमा चल्दै आएको महोत्सवको १२ औं संस्करणमा पत्रकार आर्यालको सामाजिक न्यायसँग सम्बन्धित १८ वटा फोटो प्रर्दशनीमा राखिएको हो ।
‘सामाजिक न्याय’ नारासहित गत सोमबारदेखि चलचित्र विकास बोर्डमा चलिरहेको महोत्सव शनिबारसम्म चल्नेछ। विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २३ देशका ४७ वटा चलचित्र पनि महोत्सवमा प्रदर्शन भइरहेको छ।