काठमाडौं : आईसीसी विश्वकप लिग २ एक दिवसीय क्रिकेटमा नेपालले ओमानलाई २५० रनको लक्ष्य रहेको छ । ओमानविरुद्ध पहिलो जितको खोजिमा रहेको नेपालले टस हारेर पहिला ब्याटिङ गरेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४९ रन बनायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारि खेलेका थिए । उनले ७६ बलमा ६ चौका र १ छक्काको मद्दतले ५६ रन बनाए । ओपनिङ आएका ज्ञानेन्द्रले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साझेदारी गरेका थिए । सुवास भने पहिलो विकेटको रुपमा २२ रन बनाएर आउट भए ।
तेस्रो नम्बरमा आएका पारस खड्काले उत्कृष्ट प्रदर्शन गरे । ३४ बलमा ३८ रन बनाएका पारसले ६ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल र आरिफ शेखले २८–२८ रन बनाउँदा मल्लले २ छक्का र २ चौका प्रहार गरेका थिए ।
आठौं नम्बरमा आएका विनोद भण्डारीले ३५ रन बनाएर रन आउटको शिकार भए । उनले ४७ बलमा ५ चौका प्रहार गरेका थिए । करण केसी १० रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले आज पनि खाता खोल्न सकेनन् । अन्तिमसम्म क्रिजमा रहेका सन्दीप लामिछाने ११ रन बनाउँदा कमलसिंह ऐरीले ९ रन बनाए । ओमानका अक्वि इलियसले चार तथा मोहम्द नदीमले ३ विकेट हात पारे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies