२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

शुक्रबार हुने निर्वाचन सम्बन्धमा मिडिया एलायन्सद्वारा महासंघलाई ध्यानाकर्षण

Nada
२०८१ मंसिर २७ गते १८:३०
Shares
शुक्रबार हुने निर्वाचन सम्बन्धमा मिडिया एलायन्सद्वारा महासंघलाई ध्यानाकर्षण

काठमाडौंः शुक्रबार हुने पत्रकार महासंघको निर्वाचन सम्बन्धमा मिडिया एलायन्स नेपालले नेपाल पत्रकार महासंघलाई ध्यानाकर्षण गराएको छ । 

ncell

एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबार हुने निर्वाचनका लागि पत्रकार महासंघ प्रतिष्ठान शाखाको कार्यसमिति गठन गर्ने क्रममा राजधानी दैनिक प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाबारे सम्बन्धित सञ्चार प्रतिष्ठानलाई कुनै पनि जानकारी नगराएको र सञ्चार प्रतिष्ठानसँग आबद्ध नभएका व्यक्तिहरूले मनपरी ढंगले कार्यसमिति निर्माण गरेको भन्दै एलायन्सलाई ध्यानाकर्षण गराएका हुन् ।

श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल पत्रकार महासंघको महाधिवेशनको बहानामा सञ्चार प्रतिष्ठानमा आबद्ध नै नभएका व्यक्तिहरुसहितको प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाप्रति यस मिडिया एलायन्स घोर आपत्ति प्रकट गर्दछ र नेपाल पत्रकार महासंघलाई यसअघि पनि सो सम्बन्धमा जानकारी गराएको पुनः स्मरण गराउँदछौं ।’

सञ्चार प्रतिष्ठानसँग कुनै पनि किसिमको सहकार्यबिना र आबद्ध नभएका व्यक्तिहरुको सहभागितामा गठन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखालाई मिडिया एलायन्स आबद्ध कुनै पनि सञ्चार प्रतिष्ठानले मान्यता दिन बाध्य नहुने कुरा पनि वज्ञप्तिमा स्पष्ट पारिएको छ । 

ताजा खबर

सम्बन्धित खबर