२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने

Nada
२०८१ मंसिर २८ गते ११:५२
Shares
मुग्लिन-पोखरा सडक ५ दिन अवरुद्ध हुने

दमौली : मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा ५ दिन सडक अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ । 

laxmi recruitement

सम्बन्धित खबर