२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

कतारमा निःशुल्क स्वास्थ्य परीक्षणः १ सय ९० नेपालीले लिए लाभ

Nada
तिलु शर्मा पौडेल
२०८१ मंसिर २८ गते २१:४७
Shares
कतारमा निःशुल्क स्वास्थ्य परीक्षणः १ सय ९० नेपालीले लिए लाभ

दोहा कतार : कतारमा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममार्फत लाभ लिएका छन् । मदिना खलिफा साउथमा रहेको यासमेद मेडिकल सेन्टरमा शुक्रबार बिहान सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रममार्फत १ सय ९० नेपालीले लाभ लिएका हुन् । 

ncell

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको २२ औं स्थापना दिवसको अवसर पारेर नेपाली महिला समाज कतारसँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रममा नेपाली नियोगका मिनिस्टर काउन्सुलर कुमार राईको विशेष उपस्थिति रहेको थियो । उनले अस्पतालले नेपाली नागरिकका लागि प्रदान गरेको सहुलियत र सहजताका लागि आभार व्यक्त गरे । अस्पताल यासमेदका तर्फबाट डा.यास्मिनले नेपालीले नागरिकका लागि विशेष छुटमा उपचार गर्ने प्रतिबद्धता जनाउँदै मानवीय सहायताका लागि अस्पतालले नेपाली समुदायसँग जोडिन कार्यक्रम लाभदायक रहने विश्वास व्यक्त गरिन् ।

परीक्षण कार्यक्रममा बिमआइ, ब्लड प्रेसर, ब्लड सुगर, जनरल डाक्टरहरूबाट कन्सल्ट, डेनटल चेकअप, कोलेस्ट्रोल लगायतका रोगहरूका बारेमा निःशुल्क चेकजाँचसहित सल्लाह सुझाव र केही निःशुल्क र केही सःशुल्क औषधि पनि वितरण गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए । कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी, एनआरएनए आइसीसीका  उपाध्यक्ष राज रेग्मी, एनसीसी कतारका संस्थापक सदस्य चानक पोखरेल लगायत करिब २०० नेपालीहरूको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर