काठमाडौं : आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको छ । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो । सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङमा अमेरिकालाई नेपालले ३५ रनमै समेट्न सफल भएको हो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा अमेरिका विरुद्ध सन्दीपले ६ विकेट लिन सफल भए । उनी नेपालका लागि एउटै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि नेपालका सोमपा कामीले एक दिवसीय क्रिकेटमा ५ विकेट लिएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies