२०८२ भदौ ७ गते शनिवार / Aug 23 , 2025 , Saturday
२०८२ भदौ ७ गते शनिवार
Ads

पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना

shivam cement
मध्यान्ह
२०८१ मंसिर २९ गते ११:५७
पत्रकार महासङ्घ पाल्पाको अध्यक्षमा तिमिल्सिना

रामपुर : नेपाल पत्रकार महासङ्घ पाल्पा जिल्ला शाखाको अध्यक्षमा कमलराज तिमिल्सिना निर्वाचित भएका छन् । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा अध्यक्ष, सचिव र दलित सदस्य पदमा निर्वाचन भएको हो ।  

कार्यसमितिको अन्य पदमा निर्विरोध भएको छ ।  निर्वाचनमा सचिवमा रामचन्द्र रायमाझी र दलित सदस्यमा हरिबहादुर विक निर्वाचिन भएका छन् ।

उपाध्यक्षमा मुक्तिप्रसाद न्यौपाने (खुल्ला), बन्दना पोखरेल (समावेशी), कोषाध्यक्षमा विजय बौडेल, सहसचिवमा दुर्गेश मल्ल (खुल्ला), दानबहादुर हिस्की (समावेशी), सदस्यहरुमा सुनिल कार्की, दयाराज न्यौपाने, नेत्र गैरे, दिपक ढुंगाना, सुशीला रेग्मी, धनबहादुर ठाडा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै केन्द्रीय परिषद सदस्यमा यज्ञमुर्ति तिमिल्सिना, सीतादेवी डोटेल र राजेन्द्र लिगल, प्रदेश परिषद सदस्यमा कृष्णप्रसाद पोखरेल, दिपक भट्टराई, पवित्रा घिमिरे र इमानसिंह राना निर्विरोध निर्वाचित  भएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise