काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तामा पुगेपछि कम्युनिष्टमा विचलन आउने भन्दै आफूहरू सत्ता स्वार्थमा नलाग्ने बताएका छन् । जनयुद्ध दिवसका अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले सत्ता स्वार्थमा लाग्न नहुनेमा आफु सचेत रहेको बताएका हुन् ।
अध्यक्ष दाहालले युद्धको समयमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नै फौजि आक्रमण बढाउन पर्यो भनेर सुझाव दिने गरेको दावी समेत गरे ।
अध्यक्ष दाहालले नेतृत्वले सबै कुराको विश्लेषणसहित गरेको पार्टी एकतालाई हल्का रूपले नलिन आग्रह समेत गरे । उनले पार्टी जनताको भावनालाई समेट्दै जनतालाई नै साथ लिएर समाजवाद निर्माण गर्नेतर्फ अघि बढेको दावी समेत गरे ।
पार्टीले आयोजना गरेको जनयुद्ध दिवस कार्यक्रममा प्रधानमन्त्री केपी ओली भने सहभागी भएनन् । यसअघि धुम्बाराहीमा हुने कार्यक्रममा दुबै अध्यक्ष सहभागी हुने बताइएको थियो । २०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र विद्रोह शुरु गरेको दिनको स्मरणमा आज देशैभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies