२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

टोखामा २९औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न

draupadi film
सुशान्त न्यौपाने
२०८१ मंसिर २९ गते २१:३८
टोखामा २९औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न

काठमाडौं : टोखामा शनिबार २९औं हप्ताको विष्णुमती सफाइ अभियान सम्पन्न भएको छ । टोखा नगरपालिकाले नदी सफाइसँगै विष्णुमती करिडोर निर्माण र सार्वजनिक जग्गा संरक्षणमा जोड दिएको नगरपालिकाले शनिबार टोखा ३ र ६ को सिमानामा पर्ने ग्राण्डी टावर क्षेत्रको विष्णुमती खोला क्षेत्रमा सरसफाइ गरेको छ । 

सफाइ कार्यक्रममा सामाजिक अभियन्ता, सफाइकर्मीहरु, जनप्रतिनिधि, लायन्स क्लव र नगर प्रहरिको बाक्लो उपस्थिति रहेको थियो । 

टोखा नगरपालिकाले गत वर्षदेखि सार्वजनिक जग्गा संरक्षणमा जोड दिँदै आएको छ । पहिलो चरणमा विष्णुमती करिडोर क्षेत्रमा रहेका अवैध घर÷टहराहरु हटाउने भएको छ । नगरपालिका स्रोतका अनुसार पुस १ गते बिहान ७ बजेबाट ग्राण्डी टावरदेखि बुढानिलकण्ठ क्षेत्रमा पर्ने खोला किनारका घर÷टहरा हटाउने जानकारी प्राप्त भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise