२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

अभिभावकविहीन ९४ बालबालिकालाई सुरक्षा भत्ता

shivam cement
मध्यान्ह
२०८१ मंसिर ३० गते १०:४४
अभिभावकविहीन ९४ बालबालिकालाई सुरक्षा भत्ता

डडेल्धुरा : नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो ।

पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु. एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ ।

भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्फत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।

ADV

सम्बन्धित खबर

Advertise