२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

पर्वत समाज कतारको सातौं अधिवेशन हुँदै

Nada
तिलु शर्मा पौडेल
२०८१ मंसिर ३० गते १५:३०
Shares
पर्वत समाज कतारको सातौं अधिवेशन हुँदै

दोहा, कतार : 'नि:स्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत' भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित पर्वत समाज कतारको सातौं अधिवेशन आउँदो शुक्रबार हुने भएको छ । अधिवेशनसहित २२औं स्थापना दिवस विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रमका साथ आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

ncell

सनैयास्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा मध्याह्न साढे १२ बजेबाट सुरु हुने अधिवेशनलाई भव्य तथा सभ्य रूपमा सफल पार्न कतारवासी पर्वत जिल्ला निवासीहरूलाई समाजका अध्यक्ष रघुनाथ शर्माले आग्रह गरेका छन् ।

समाजसँग नजिक रहेर दीर्घकालीन रूपमा गृह जिल्लाका हरेक दुःखमा सारथी बन्न समाजले स्थापना गरेको पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोष, विभिन्न इकाइ समितिलाई पनि समेट्दै अगाडि बढेको समाजले अधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

ताजा खबर

सम्बन्धित खबर