एजेन्सी : जापानमा क्वारेन्टाइनमम राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका अमेरिकाका ४० जना नागरिकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पानिजहाजवाट उद्धार गरिएका चार सय अमेरिकीमध्ये ४० जनामा संक्रमण देखिएको हो ।
लामो समयदेखि क्वारेन्टाइनमम रहेका अमेरिकी नागरिकलाई दुईवटा हवाईजहाजमार्फत स्वेदेश फर्काईएको छ । सङ्क्रमितहरूलाई भने उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिएको छ । उद्धार गरेर अमेरिका लगिने व्यक्तिहरूलाई चाहिँ १४ दिनसम्म क्वारेन्टाईनमा राखिनेछ ।
करिब ३ हजार ७ यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ देखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको छ । सो जहाजवाट हङकङमा झरेका एक ब्यक्तिमा संक्रमण भेटिएपछि पानीजहाज क्वारेन्टाइनमा राखिएको हो ।
जहाजमा रहेकामध्ये ३सय ५५ मा संक्रमण भेटिएको छ । चीनबाहिर सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह हो। इजरायल, हङ्कङ र क्यानडाले पनि जहाजमा रहेका आफ्ना नागरिकहरूको उद्धार गर्न लागेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies