२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन पेस 

Nada
२०८१ पुष १ गते १३:५०
Shares
रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन पेस 

काठमाडौं : कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ । लामिछानेविरुद्ध अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

ncell

प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाही माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको पुष्टि गरेको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न थपिएको म्याद सकिनुअघि नै प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । काठमाडौँमा पक्राउ परेर कास्कीको पोखरा लगिएका लामिछाने झन्डै ६० दिनदेखि प्रहरी हिरासतमा छन् ।


 

ताजा खबर

सम्बन्धित खबर