२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

उदयपुरमा खाना मेला

Nada
बिन्द्र राई
२०८१ पुष १ गते २०:१४
Shares
उदयपुरमा खाना मेला

उदयपुर : उदयपुरमा खाना परिकार तथा कोशी प्रदेशस्तरीय प्रतियोगितात्मक लाखेनाच महोत्सव सुरु भएको छ । ‘खाना परिकार मेला सफल पारौं, लाखे महोत्सवमा रमाऔं’ भन्ने मूल नाराका साथ त्रियुगा, चौदण्डीगढी नगरपालिका लगायतको सहयोग तथा झिगु नेवा पुच उदयपुरको आयोजनामा खाना परिकार तथा लाखेनाच महोत्सव सुरु भएको हो । 

ncell

विभिन्न स्थानीयस्तरमा उत्पादन गरिएको खानाका परिकार, विभिन्न जातजातीका वर्गहरुका कला संस्कृति, भेषभूषा लगायत संरक्षण, संवद्र्धन गर्ने उद्देश्यका साथ खाना परिकार मेला तथा प्रदेश स्तरीय लाखेनाच प्रतियोगितात्मक महोत्सव सञ्चालन गरिएको झिगुः नेवाः पुचः उदयपुर गाईघाटको सचिव गोपाल श्रेष्ठले बताए ।

महोत्सवमा  किँरात राई, थारु, लगायत विभिन्न समुदायका संस्कार, संस्कृती झल्कने पोशाक, स्थानीय स्तरमा उत्पादन गरिएको विभिन्न जातजातीका खानाका परिकार, लोकल रक्सी, घुँगी, योमरी, मासुका विभिन्न परिकार लगायत राखिएको छ । महोत्सव ८ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर