२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

त्रिविद्वारा ३० अर्ब ८७ करोड ११ लाख बजेट प्रस्ताव

Nada
२०८३ असोज २२ गते १३:२१
Shares
त्रिविद्वारा ३० अर्ब ८७ करोड ११ लाख बजेट प्रस्ताव

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आर्थिक वर्ष २०८३-८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

ncell

त्रिविका अनुसार प्रस्तावित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो । बजेटलाई नियमित कार्यक्रम, आन्तरिक कार्यक्रम र विकास कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ ।

प्रस्तावित कुल बजेटमध्ये त्रिविको आन्तरिक स्रोतबाट १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ अर्थात् ४९.३८ प्रतिशत र नेपाल सरकारको बजेटबाट १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ अर्थात् ५०.६२ प्रतिशत व्यहोर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, कुल बजेटको ८६.१४ प्रतिशत सञ्चालन खर्च र १३.८६ प्रतिशत पुँजीगत खर्चतर्फ हुने प्रक्षेपण गरिएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३-८४ का लागि त्रिविलाई ७ अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ अनुदान विनियोजन गरेको छ । गत वर्षको तुलनामा सरकारले यसपटक ४ अर्ब ८० करोड रुपैयाँ कम विनियोजन गरेको छ ।

त्यसमा राष्ट्रसेवक शिक्षक तथा कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र वृद्धि भएको रकममा १० प्रतिशत प्रोत्साहन भत्ताको दायित्वसमेत थपिँदा त्रिविलाई ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने देखिएको छ ।

ताजा खबर

सम्बन्धित खबर