२०८३ असोज २५ गते आइतवार / Oct 11 , 2026 , Sunday
२०८३ असोज २५ गते आइतवार

हिमरश्मि यु–१९ भलिबल मंगलबारदेखि

Nada
सुशान्त न्यौपाने
२०८१ पुष १ गते २०:५५
Shares
हिमरश्मि यु–१९ भलिबल मंगलबारदेखि

काठमाडौं : तारकेश्वर-९ मा अवस्थित हिमरश्मि हाइ स्कुलको आयोजनामा मंगलबारदेखि प्रथम हिमरश्मि कप यु-१९ कलेज/स्कुल लेभल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिता–२०८१ सुरु हुने भएको छ ।

ncell

आज हिमरश्मिमा एक पत्रकार घेटघाट कार्यक्रम गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले काठमाडौंका उत्कृष्ट सामुदायिक र संस्थागत गरी २० विद्यालय तथा कलेजका खेलाडीहरुले खेलमा सहभागिता जनाउनेछन् । मंगलबारदेखि सुरु हुने खेल ६ दिनसम्म चल्नेछ ।

“खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि” भन्ने मूल मन्त्रलाई आधार मान्दै आएको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई कदर गरेर विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्नुपर्छ भन्ने मान्यतालाई हिमरश्मिले विगतदेखि नै आत्मसात गर्दै आएको छ । 

लिग कम नकआउटको आधारमा खेलाइने खेलबाट उत्कृष्ट खेलाडी पहिचान गरी राट्रिय खेलाडी जन्माउने आयोजक विद्यालय हिमरश्मिको मुख्य उद्देश्य रहेको खड्काले बताए । 

यस भलिबल प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरको रेफ्रीको संयोजनमा खेलहरु खेलाइने छ । यस पहिलो हिमरश्मि कप–२०८१ मा २० विद्यालयका २१ टिम सहभागी हुनेछन् । प्रथम हुनेलाई २५ हजार नगदसहित ट्रफी र मेडल, दोस्रो हुनेलाई १५ हजार नगदसहित ट्रफी र मेडल र तेस्रो हुने टिमलाई ५ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ । 

खेलको उद्घाटन मंगलबार दिउँसो १ बजे हिमरश्मि हाइ स्कुलको प्रांगणमा तारकेश्वरका मेयर कृष्णहरि महर्जनले गर्ने खड्काले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर