२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

विष्णुमती करिडोरका अवैध संरचनामा टोखा नगरपालिकाको डोजर

draupadi film
सुशान्त न्यौपाने
२०८१ पुष १ गते २१:४३
विष्णुमती करिडोरका अवैध संरचनामा टोखा नगरपालिकाको डोजर

काठमाडौं : काठमाडौं टोखा नगरपालिकाले ग्राण्डी अस्पतालको पछाडि रहेको विष्णुमती करिडोर क्षेत्रका घर, टहरामा डोजर लगाएको छ । लामो समयदेखि व्यक्तिहरुले करिडोर क्षेत्रमा रहेका सरकारी जग्गा हडपेर घर÷टहरा बनाइ भाडामा लगाउँदै आएका थिए ।

नगरपालिकाले बारम्बार पत्र पठाएर खाली गर्न अनुरोध गर्दा पनि अटेर गरेपछि सोमबार बिहान २ वटा डोजर लगाइ भत्काइएको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । 

उनका अनुसार टोखाको मेरुदण्ड लाइफलाइन सडक निर्माणका लागि गत वर्षदेखि नै नयाँ बसपार्कदेखि बुढानिलकण्ठसम्म खोलाको दुबैतर्फ सार्वजनिक जग्गा तथा करिडोर मापदण्डमा परेका घर/टहरा खाली गराउने लक्ष्यअनुसार सोही कार्यलाई निरन्तरता दिएको हो । नगरको सार्वजनिक जग्गा संरक्षण समितिको निर्णयअनुसार कुनैपनि सरकारी जग्गामा अनाधिकृत रुपमा बनेका घर/टहरा पहिलो चरणमा विष्णुमती करिडोरमा खाली गराउन सुरु गरिएको र आगामी दिनमा अन्यत्र भएका सरकारी जग्गाहरु पनि नगरपालिकाको अधिनमा ल्याउने बिसीले बताए ।

केही दिनअघि मात्र टोखा नगरपालिकाले नयाँबसपार्क क्षेत्रका अस्थायी ८२ टहराहरुमाथि डोजर लगाएर खाली गराएको थियो । सो स्थानमा अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यताले हरियाली पार्क बनाउन टेण्डर आह्वान गरिसकेको नगरपालिकाले जानकारी दिएको छ । टोखामा ग्राण्डी क्षेत्रका सार्वजनिक जग्गा र टोखा ९ को बसपार्क क्षेत्रका सार्वजनिक जग्गा संरक्षण गर्नु सामान्य चूनौतिको विषय होइन । 

सार्वजनिक जग्गा संरक्षणमा टोखामा प्रमुख प्रशासकीय अधिकृत आएपश्चात जनप्रतिनिधिहरुको पहिल्यैदेखिको योजनाअनुसारको कार्यले प्राथमिकतामा साथ लागु गरिएको थियो । त्यस्तै नदी तथा वातावरण सफाइ र राजश्व संकलनमा पनि नगरपालिकाले प्राथमिकता दिँदै आएको छ । 

सोमबार घर/टहरा हटाउने कार्यमा उपप्रमुख मुरारी तामाङ, प्रमुअ प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडा नं. २, ३, ८, ९ र ११ का वडाअध्यक्षहरु, वडासदस्यहरु, नगर प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको बाक्लो सहभागिता रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise