२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

व्यापक छलफल गरेरमात्र बजेट पारित गर्नुपर्छ : ओली

ADV
मध्यान्ह
२०८१ जेठ १९ गते १७:०८
व्यापक छलफल गरेरमात्र बजेट पारित गर्नुपर्छ : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज भएको नेकपा एमाले संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्छ बताए । “बजेटलाई  हामी पूर्णरूपमा समर्थन गर्दै त्यसलाई पारित गर्नेछौं । यसको अर्थ बजेटका कमीकमजोरी नऔंल्याउने भन्ने होइन,” उनले भने ।

अध्यक्ष ओलीले आफ्नो क्षेत्रका आयोजनाका निम्ति विनियोजित रकम तथा  प्रस्तावित आयोजना बजेटमा समावेश भएन-भएको निक्र्यौल गर्न आफ्नो दलका सांसदहरूलाई सुझाव दिए । उनले सरकारमा सहभागी दलसँग परामर्श गरेर सदनमा बजेट पेस भएको बताए । 

बैठकमा पार्टी उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटका सबल र दुर्बल पक्षको समीक्षा गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise