काठमाडौं : होली फेशन फेस्टको प्रथम अडिसन सम्पन्न भएको छ । उक्त अडिसन अनामनगर स्थित बोकाभात अर्गानिक रेस्ट्रोमा शनिबार सम्पन्न भएको हो । कुल ४१ जनाले सहभागिता जनाएको उक्त अडिसनबाट २० जना किशोर किशोरी एवं युवा र १५ जना बालबालिकाहरु छनोट भएका छन् ।
अडिसनमा कर्पोरेट म्यागाजिनका अध्यक्ष उज्जवल जंग शाह, सौन्दर्यविद् शशी शाह, न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्ट, खेल विज्ञ डि एन घिसिङ, संचारकर्मी समिर नेपाल, बालकलाकारद्वय प्रिन्स प्रसिद्ध सिंह थापा र अक्षता पोखरेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
ग्लोरी मिडियाको आयोजनामा हुन लागेको उक्त इभेण्टमा बोकाभात अर्गानिक रेस्ट्रोको प्रायोजन सहकार्य रहेको छ भने ग्लोबल अनलाईन पे डिजिटल पार्टनर र फेसियल हाउस इन एशोसिएसन पार्टनरको रुपमा रहेको छ ।
इभेण्ट क्षेत्रमा केही नौलोपन दिने उद्देश्यका साथ उमङ्गको पर्वका रुपमा रहेको होलीको अवसर पारेर मिडियाले होली फेशन फेस्ट एण्ड म्युजिकल इभेण्ट गर्न लागेको ईभेण्ट आयोजक ग्लोरी मिडियाका अध्यक्ष एवं प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नारी दिवसको दिन अर्थात फागुन २५ गते फेशन र्याम्प, म्युजिकल शो तथा नारीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । अडिसन राउण्डमा छनोट हुन सफल सहभागीहरुलाई एक सातासम्म प्रशिक्षण दिई सन्देशमुलक विभिन्न थिमका साथ र्याम्पमा उतार्ने तयारी रहेको इभेण्ट कोरियोग्राफर केडी भट्टराईले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies