२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

जनकपुर बोल्ट्स ट्रफीसहित गौर आउँदै

Nada
सत्येन्द्र प्रताप सिंह
२०८१ पुष ११ गते २०:३५
Shares
जनकपुर बोल्ट्स ट्रफीसहित गौर आउँदै

रौतहट : नेपाल प्रिमियर लिग (एनपील)को विजेता टोली जनकपुर बोल्ट्स पुस १४ गते ट्रफीसहित रौतहटको सदरमुकाम गौरको राइसमिल खेल मैदानमा आउने भएको छ ।

ncell

फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि जितेको थियो । खेलाडीहरूको मेहनत, प्रशिक्षकको कुशल रणनीति, र समर्थकहरूको प्रोत्साहन यस सफलतामा महत्त्वपूर्ण भूमिका रह्यो ।

गौरमा टिमको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरिएको रौतहट क्रिकेट संघले बताएको छ । स्थानीय, खेलप्रेमी र समर्थकहरू उत्साहित भएको र टिमलाई भव्य स्वागत गर्न तयारी गरिरहेको उनले बताए ।

सम्बन्धित खबर