रौतहट : नेपाल प्रिमियर लिग (एनपील)को विजेता टोली जनकपुर बोल्ट्स पुस १४ गते ट्रफीसहित रौतहटको सदरमुकाम गौरको राइसमिल खेल मैदानमा आउने भएको छ ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि जितेको थियो । खेलाडीहरूको मेहनत, प्रशिक्षकको कुशल रणनीति, र समर्थकहरूको प्रोत्साहन यस सफलतामा महत्त्वपूर्ण भूमिका रह्यो ।
गौरमा टिमको स्वागतका लागि विशेष कार्यक्रम आयोजना गरिएको रौतहट क्रिकेट संघले बताएको छ । स्थानीय, खेलप्रेमी र समर्थकहरू उत्साहित भएको र टिमलाई भव्य स्वागत गर्न तयारी गरिरहेको उनले बताए ।