२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई कास्की आदर्श समाज कतारको सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८१ असार ९ गते २१:२५
Shares
फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई कास्की आदर्श समाज कतारको सहयोग

दोहा कतार : कास्की आदर्श समाज कतारद्वारा श्री सृजना बहिरा आवासीय मावि लेखनाथलाई अक्षयकोष श्रीवृद्धिका लागि एक लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।  समाज कतारका सह–कोषाध्यक्ष वसन्त श्रेष्ठको सभापतित्व तथा पोखरा महानगर पालिका वडा नं. २६ का कार्यवाहक वडा अध्यक्ष तीर्थबहादुर राजभाटको प्रमुख आतिथ्यमा स्कूलको सभाहलमा आयोजित कार्यक्रममा  उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

ncell

गण्डकी प्रदेश समन्वय परिषद् कतारको तर्फबाट प्राप्त ५० हजार रुपैयाँ  संस्थाका आजीवन सदस्य तथा व्यवसायी रामचन्द्र सुनारको तर्फबाट ५० हजार र समाजका संरक्षक विमल सुवेदीको तर्फबाट प्राप्त २५ हजार गरी उक्त रकम विद्यालय परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।  

कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजभाटले प्रवासमा रहेरपनि आफ्नो जन्मथलोमा रहेका फरक क्षमताका विद्यार्थी प्रतिको माया ममता र सहयोगप्रति आफू नतमस्तक रहेको बताउँदै सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर