२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई कास्की आदर्श समाज कतारको सहयोग

shivam cement
तिलु शर्मा पौडेल
२०८१ असार ९ गते २१:२५
फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई कास्की आदर्श समाज कतारको सहयोग

दोहा कतार : कास्की आदर्श समाज कतारद्वारा श्री सृजना बहिरा आवासीय मावि लेखनाथलाई अक्षयकोष श्रीवृद्धिका लागि एक लाख २५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।  समाज कतारका सह–कोषाध्यक्ष वसन्त श्रेष्ठको सभापतित्व तथा पोखरा महानगर पालिका वडा नं. २६ का कार्यवाहक वडा अध्यक्ष तीर्थबहादुर राजभाटको प्रमुख आतिथ्यमा स्कूलको सभाहलमा आयोजित कार्यक्रममा  उक्त रकम विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश समन्वय परिषद् कतारको तर्फबाट प्राप्त ५० हजार रुपैयाँ  संस्थाका आजीवन सदस्य तथा व्यवसायी रामचन्द्र सुनारको तर्फबाट ५० हजार र समाजका संरक्षक विमल सुवेदीको तर्फबाट प्राप्त २५ हजार गरी उक्त रकम विद्यालय परिवारलाई हस्तान्तरण गरिएको समाजले जनाएको छ ।  

कास्की आदर्श समाज नेपालका अध्यक्ष विश्वबन्धु थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजभाटले प्रवासमा रहेरपनि आफ्नो जन्मथलोमा रहेका फरक क्षमताका विद्यार्थी प्रतिको माया ममता र सहयोगप्रति आफू नतमस्तक रहेको बताउँदै सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise