२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

रिलायबल नेपाल लाइफका बिमीतलाई अन्नपूर्ण केबलकारमा छुट

ADV
मध्यान्ह
२०८१ पुष १७ गते २१:१४
रिलायबल नेपाल लाइफका बिमीतलाई अन्नपूर्ण केबलकारमा छुट

काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा उपलब्ध हुने सेवा सुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुईपक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो । 

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र अन्नपूर्ण केबलकारको तर्फबाट संञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन । अन्नपूर्ण केबलकारसँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले जनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise