२०८१ पुष २० गते शनिवार / Jan 04 , 2025 , Saturday
२०८१ पुष २० गते शनिवार
Ads

दिपल इभी ४.९९ प्रतिशत ब्याजदरमा पाइने

ADV
मध्यान्ह
२०८१ पुष १७ गते २१:१६
दिपल इभी ४.९९ प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं : दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडीमा नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको न्यू इयर स्कीममा ४.९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने भएको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ल्याएको यस स्कीमले दीपलका मोर्डन डिजाइनमा तयार भएका गाडी किन्न सहज हुने कम्पनीले विश्वास लिएको छ । नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको ‘न्यू इयर, न्यू दिपल’ योजनामा गाडी किन्ने ग्राहकले निकै कम ब्याजदरको फाइदा पाउने छन् । यस योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर बाहेक पनि थुप्रै सुविधा पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । साथै, पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेन्ज भ्यालू पाउने कम्पनीको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise