२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

ADV
मध्यान्ह
२०८१ असार १० गते १०:५३
पोषराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ : नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अएआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई बढुवा गर्न सिफारिस गरेको हो । 

प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा दरबन्दी रहेका पोखरेल काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत छन् ।

यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको ठाउँमा बढुवा गर्न पोखरेललाई बढुवा सिफारिस समितिले सोमबार सिफारिस गरेको हो । 

ADVADV

सम्बन्धित खबर

Advertise