२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सानिमाका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

Nada
२०८१ पुष १८ गते २०:५६
Shares
सानिमाका ग्राहकलाई बिगमार्टमा १० प्रतिशत छुट

काठमाडौं : सानिमा बैंकका ग्राहकले बिगमार्टमा क्यासब्याक पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यासब्याकको व्यवस्था गरेको हो ।

ncell

काठमाडौं उपत्यकामा ९८, पोखरामा ५ र चितवनमा ४ गरी नेपालभर रहेका बिगमार्टका १ सय ७ वटा आउटलेटमा सानिमाका ग्राहकले बढीमा २०० रूपैयाँसम्म क्यासब्याक पाउने भएका हुन् ।

सानिमा डेबिट तथा क्रेडिट कार्डमार्फत् बिगमार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरूलाई १० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ । यो योजना एक वर्षसम्म चल्नेछ ।

सम्बन्धित खबर