काठमाडौं : लतिपुरमा ५ तारे होटल रोयल टुलिपको औपचारिक उद्घाटन गरिएको छ । १६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलको ललिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहितको उपस्थितिमा उद्घाटन गरिएको हो ।
३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहितले ६ अर्ब रूपैयाँको लागतमा निर्माण गरेका हुन् । गुण समूहका निर्देशक राजेन्द्र शाक्य र भारतको होटल सरोवरका अध्यक्ष अजय कुमारबीच औपचारिक सम्झौतासँगै सञ्चालमा आएको हो ।
होटल रोयल ट्युलिप फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेनका रूपमा रहेको छ । फ्रान्स दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएकाले रोयल टुलिपसाङ व्यवस्थापनसँग सम्झौता भएको शाक्यले जानकारी दिए ।
गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष शाक्यले बताए । फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी म्यासिफ होटल रोयल टुलिपमा रूपान्तरण भएको शाक्यले बताए ।