२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नेपाल डेरी एशोसिएसनको २६औं वार्षिकोत्सव बुटवलमा हुने

Nada
२०८१ पुष १८ गते २१:४५
Shares
नेपाल डेरी एशोसिएसनको २६औं वार्षिकोत्सव बुटवलमा हुने

काठमाडौं : नेपाल डेरी एशोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा मनाउने भएको छ ।

ncell

एशोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार यस वर्षको२६ औं वार्षिक साधारणसभा एवं स्थापना दिवस कार्यक्रम बुटवलमा गर्न लागेको हो ।  सभालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले माघ ७ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

सभामा भाग लिन एशोसिएसनले प्रतिनिधी मनोनयन गराउन सबै सदस्यहरुलाई आग्रह गर्दै प्रदेश र जिल्ला समितिलाई निर्देशन समेत गरेको छ ।

पुस मसान्तसम्म अद्यावधिक भएका सदस्यले मात्र साधारणसभामा सहभागीता हुन सक्ने एशोसिएसनले जनाएको छ । त्यसैगरी जिल्ला र प्रदेश एशोसिएसनले वर्षभरि गरेका गतिविधिको प्रतिवेदन समेत बुझाउने कार्यक्रम छ । 
 

सम्बन्धित खबर