२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

निलम्बित मुख्य सचिव अर्याल राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा

ADV
मध्यान्ह
२०८१ असार १० गते ११:२४
निलम्बित मुख्य सचिव अर्याल राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा

काठमाडौँ: सरकारले निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सारेर निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै स्वतः निलम्बन भएका मुख्य सचिव डा. अर्याललार्य राष्ट्रिय योजना आयोगमा विशेष पद (जगेडा) सिर्जना गरेर सारेको हो ।

मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरेको हो ।

अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise