२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

वडा तहबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन

draupadi film
मध्यान्ह
२०८१ असार १० गते ११:५८
वडा तहबाटै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा नै राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको हो । 

गृह मन्त्रालयका प्रवक्ता नारायण भट्टराईले एक बिज्ञप्ति जारी गर्दै सेवाग्राहीको भीड बढेको गुनासो आएपछि स्थानीय तहबाटै विवरण संकलन गर्न गृहमन्त्रालयले निर्देशन दिएको बताए ।

सरकारले साउन १ बाट सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको २८ जिल्लामा सेवाग्राहीको भीड बढेको गुनासो आएपछि वडास्तरबाट नै परिचयपत्रको विवरण संकलन गर्न निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise