२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

माघ १० गतेदेखि अन्तर्राष्ट्रिय पश्मिना एक्स्पो हुने

Nada
२०८१ पुष १९ गते २०:३७
Shares
माघ १० गतेदेखि अन्तर्राष्ट्रिय पश्मिना एक्स्पो हुने

काठमाडौं : नेपालमा पहिलोपटक पश्मिना एक्स्पो हुने भएको छ । नेपाली पश्मिना वस्तुहरूको प्रचार–प्रसार, बजार प्रवर्द्धन र व्यावसायिकरण गर्ने उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय पश्मिना एक्स्पो आयोजना हुने भएको हो । 

ncell

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रायोजनमा नेपाल पश्मिना उद्योग संघले माघ १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीकक्षमा एक्स्पो आयोजना गर्ने भएको हो । ‘मेक इन नेपाल एक्स्पो’ मा नेपाल भित्रै घरेलु, साना, मझौला उद्योगहरुबाट उत्पादित स्वदेशी उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिनेछ । 

नेपाली पश्मिना उद्यमीहरूले स्वदेशमै उत्पादन गरेको उच्च गुणस्तरीय पश्मिना सामग्रीहरू एक्स्पोमा प्रदर्शन गरिने छ । नेपाली पश्मिनाको श्रोत च्यांग्राबाट भुवा संकलन गरिएपछि त्यसबाट धागो तयार गर्ने प्रविधि, त्यसबाट पश्मिनाका विभिन्न सामग्रीहरू उत्पादन गर्ने पद्दति तथा आकर्षक तयारी पश्मिनाका गुणस्तरीय सामग्रीहरू समेत एकै स्थानमा प्रदर्शन गर्ने लक्ष राखिएको छ ।

स्वदेश तथा विदेशबाट १२ हजार भिजिटरहरूले एक्स्पो भिजिट गर्ने अनुमान गरिएको छ । एक्स्पोमा चीन, मंगोलिया, भारतबाट समेतगरी १५० स्टल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खबर