काठमाडौं : जीवन र निर्जीवन बीमा कम्पनीहरूले भोग्दै आइरहेको समस्या र चुनौतीका विषयमा छलफल गर्ने उद्देश्यको साथ दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ २०२५’ हुने भएको छ ।
पुस २५ गने काठमाडौंको मेरियट होटलमा आयोजना हुने डिस्कोर्सको उद्घाटन अर्थमन्त्री पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । डिस्कोर्समा कूल ४ वटा सत्र हुनेछन् ।
जीवन बीमा, निर्जीवन बीमा, पुर्नबीमा र बीमा क्षेत्रमा प्रविधिको प्रयोगसँग सम्बन्धित शत्र हुने जनाइएको छ । ती शत्रमा विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृत, बीमा प्राधिकरण र अर्थमन्त्रालयका प्रतिनिधहरूको सहभागिता तथा विभिन्न बीमा विज्ञहरूको समेत उपस्थिति रहनेछ ।
यसैगरी, भारतबाट दुई जना बीमा विज्ञ समेत डिस्कोर्समा आउनेछन् । डिस्कोर्सले देशको बीमा उद्योगको दिगो विकास, स्थायित्व र प्रवद्र्धन तथा ग्रामिण तहसम्म पहुँच विस्तारमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।