२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

shivam cement
मध्यान्ह
२०८१ पुष २० गते १२:१०
पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

काठमाडौंः पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ । शुक्रबार नियमित काम सकेर कोठा फर्किएका पुडासैनी अचानक ढलेपछि अस्पताल पुर्‍याइएका थिए । हेल्पिङ ह्यान्ड्स अस्पतालले उनलाई शुक्रबार साँझ मृत घोषित गरेको हो ।

पुडासैनी केही दिनदेखि बिरामी थिए । तर, स्वास्थ्य समस्याका बाबजुद उनले कामलाई निरन्तरता दिएका थिए । श्यामसुन्दर पुडासैनी हाल नेपाल भ्युजमा उपसम्पादकको भूमिकामा कार्यरत थिए ।

उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइम टेलिभिजन, र रेडियो अन्नपूर्ण जस्ता प्रतिष्ठित मिडियामा काम गरिसकेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise