ललितपुर-एन्फा अन्डर–१६ युथ लिगमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई शुन्यका विरुद्ध ७ गोलले पराजित ग¥यो । पुलिसलाई ४३औं मिनेटसम्म दबाबमा राखे पनि गोल खान पुगेको थियो । सबिन मगरले गोलकिपर बिट भएको अवस्थामा गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलमात्र गरेको पुलिसले दोस्रोमा ६ गोल थपेको थियो । दोस्रो हाफमा क्याप्टेन सविन राईले ह्याट्रिक गरे । रिदनराज गौतमले २ गोल गर्दा सबिन मगरले व्यक्तिगत दोस्रो गोल गरे ।
त्यसअघि भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई शुन्यका विरुद्ध दुई गोलले पराजित गरेको छ । फ्रेन्ड्सको जितमा रिहान बुढा र दिवान थापाले गोल गरे ।