काठमाडौंः नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरुको लागी विद्युत प्राधिकरणलाई हब बनाउने बताएका छन् ।
आइतबार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टनसिपका विद्ययार्थीहरुले प्राधिकरण चलाएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु र वर्कसपहरु प्राय इन्टनसिपका विद्ययार्थीले नै चलाएका छन् । करिब १२÷१५ सय जनाहरु इन्टनसिप हरेक लटमा चलिनै रहेको हुन्छ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि ६०÷७० सिट लोकसेवा मार्फत बिज्ञापन निकालेको छौं । विद्युत प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरुको अभाव छ । इलेक्ट्रिकल इन्जिनियरहरुको लागि विद्युत प्राधिकरण एउटा ठूलो हब बन्छ, बनाउनुपर्छ ।’
उनले विद्युत प्राधिकरणले विभिन्न ठाँउमा वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरु स्थापना गरेको बताए । उनले स्थापना भएका ल्याबहरु अहिले अप्रेसनमा रहेको बताए ।
उनले भने, ‘विद्युत प्राधिकरणले प्रदेश÷प्रदेशमा नेपालगञ्ज, बुटवल, विराटनगर, हेटौंडा काठमाडौं लगायतका ठाउँहरुमा हाम्रो वर्कसप, ट्रासफर्मल वर्कसप, टेस्टिङ ल्याबहरु हाइ भोल्टिङ टेस्टिङ ३३के।बी सम्मको टेस्टिङ ल्यावहरुको स्थापना गरेर अहिले अप्रेसनमा छन् । विद्युत प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुनेगरी, इलेक्ट्रिकल इन्जिनियरहरु र इलेक्ट्रिकल सम्बन्धि तीन तह चार तहका जति पनि आउँछन् । इन्टनसिप खोलेका छौं । खाजा भत्ता दिएर खोलेका छौ ।’