प्यूठान : लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री सरोज थापा (रोज राणा) ले कामको प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
खानेपानी तथा शहरी विकास मन्त्रालय तथा लुम्बिनी प्रदेश सरकार मातहतका कार्यालयहरुले गरेका कामहरुको गृह जिल्ला प्यूठानमा पुगेर अनुगमन गर्दै उनले सो निर्देशन दिएका हुन् ।
मन्त्री थापाले सरकारी कार्यालयहरुले गरेको काम ठिक छ, या छैन भन्ने कुरा अनुगमन गर्ने निक(ाय सबैभन्दा ठूलो निकाए जनता भएको बताए ।
मन्त्री थापाले प्रदेश सरकारको निर्देशन पालना गरी काम गर्न आफुले सबै मातहतका कार्यालयहरुलाई निर्देशन दिएकाले कहि कतै गुनासो भएमा सिँधै आफुलाई भेटेर तथा टेलिफोन गरेर जानकारी गराउन जनतालाई अनुरोध गरे ।
उनले भने,‘अब हामीले सरकारको निर्देशन अक्षरंश पालना गरी हाम्रो कामको स्पष्ट प्रतिफल देखिने गरी काम गर्नुपर्छ ।’
मन्त्री थापाले योजनाको अनुगमन गर्दा जनताका कुरा सुन्दा थप ऊर्जा प्राप्त भएको र अब उक्त कुराहरू कार्य सम्पादनमा देखिनेगरी आफ्नो कार्यकालमा काम गर्ने र सबैको घरमा धारा पु¥याउँदै प्यूठानका सबै सडकहरु आफ्नो कार्यकालमा पूरा गर्ने दाबी गरे ।
मन्त्री राणासहितको टोलीले प्यूठानको सबैभन्दा पुरानो भएर पनि स्तरोन्नती हुन नसकेको बाग्दुला मच्छि १३ किलोमिटर सडक पदयात्रा गर्दै यो सडक जसरी पनि कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेपछि स्थानीयबासिहरु हर्षित भएका छन् । आइतबार कार्यालय प्रमुख जनप्रतिनिधिसहित पदयात्रामा निस्किएका मन्त्री राणासहित प्यूठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, दुवै पालिकाका जनप्रतिनिधिहरु, सडक पूर्वाधार, कार्यालयका प्रमुख सहरी विकास कार्यालयका प्रमुख खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुखहरु, विभित्र राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीतामा १३ किलोमिटर सडकको पदयात्रा गरेका हुन् ।
पदयात्रापछि झिमरुक गाउँपालिकाको सभाहलमा सर्वदलीय/सर्वपक्षीय बैठक बसेर विकास आवश्यकता, जनताको गुनासो, कार्यालय प्रमुखहरु र सहरी विकास मन्त्रीले जवाफ तथा प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलको अध्यक्षतामा मन्त्रीद्वारा जनगुनासो सुन्ने कार्यक्रमको आयोजना गरिएको थियो । यसरी मन्त्री घरदैलोमा पुगेर गुनासो सुन्ने र आवश्यकता पहिचान गर्ने अभ्यास अत्यन्तै नयाँ र जनतालाई उत्साहित गर्ने खालको भएको नेपाली कांग्रेस प्यूठानका पूर्व सभापति सुवास केसीले बताए ।