२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

टी-२० विश्वकप : अमेरिकाको विजयी शुरुवात, क्यानडा ७ विकेटले पराजित

ADV
मध्यान्ह
२०८१ जेठ २० गते ११:२४
टी-२० विश्वकप : अमेरिकाको विजयी शुरुवात, क्यानडा ७ विकेटले पराजित

काठमाडौं : घरेलु टोली अमेरिकाले आईसीसी टी–२० विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेको छ । अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो । क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक-एक विकेट लिए । 

त्यसअघि डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाए । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिए । अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक-एक विकेट लिए । 

ADVADV

सम्बन्धित खबर

Advertise