२०८१ पुष २४ गते बुधवार / Jan 08 , 2025 , Wednesday
२०८१ पुष २४ गते बुधवार
Ads

प्रहरीको सक्रियतासँगै अर्घाखाँचीमा आपराधिक घटनामा कमी

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष २३ गते २०:३७
प्रहरीको सक्रियतासँगै अर्घाखाँचीमा आपराधिक घटनामा कमी

अर्घाखाँची : जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले चालु आर्थिक वर्षको ६ महिनामा अपराध न्यूनीकरण, चोरी निकासी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र फैसला कार्यान्वयनमा उल्लेख्य उपलब्धी हासिल गरेको छ ।  

चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक मंसिर र पुस महिनामा अघिल्लो वर्षको तुलनामा कर्तव्य ज्यान र  जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ताको संख्या घटेको तथा चोरी निकासीमा संलग्न व्यक्ति र सवारीसाधन नियन्त्रण, फरार प्रतिवादी पक्राउ र प्राकृतिक स्रोतको अवैध दोहनमा संलग्नलाई नियन्त्रणमा लिने संख्या वृद्धि भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक  चक्रबहादुर मल्ले  सत्य तथ्य अनुसन्धान गरी कानूनबमोजिम कार्यान्वयन गरेकाले तुलनात्मक रूपमा प्रगति हासिल भएको बताए । मल्लले  असोज १७  गतेदेखि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हालेदेखि राजस्व छली, चोरी तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति लिइ कठोर कदम चालिएकाले सकारात्मक सुधार देखिँदै गएको जानकारी दिए । 

चोरी तस्करीमा संलग्न व्यक्ति, सामान र साधन पक्राउ गरी कारबाही गर्दै आएको, ठूला, साना घटना  गर्ने र गराउने व्यक्तिलाई पक्राउ गरी मुद्दा दायर गरिएकोले अपराध नियन्त्रणमा कमी आएको प्रहरीको भनाइ छ । 

अर्घाखाँची प्रहरीले अहिले जिल्लाभर प्रहरी गस्ती निरन्तर गरी रहेको छ । प्रहरीले अभियान संचालन गरेका बेला जिल्लामा सोमबार  लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

दुई छुट्टाछुट्टै स्थानमा चेकजाँचको क्रममा पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख डीएसपी मल्लले जानकारी दिए । 

सन्धिखर्क नगरपालिका वडा नम्बर १०, बिहारमा गाडी  चेकजाँच गर्दा सन्धिखर्क नगरपालिका वडा नम्बर १ का प्रतिक भनिने शिलबन्दु कँडेललाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

२४ वर्षीय कँडेलको साथबाट पाँच सयको नोटमा लुकाइ छिपाइ राखेको अवस्थामा ३६० मिलिग्राम ब्राउन सुगर फेला परेको डीएसपी मल्लले पुष्टि गरे ।

अर्घाखाँची प्रहरीले सन्धिखर्कमा बुटवलबाट आउँदै गरेको हाइस चेकजाँचको क्रममा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीलेका सूचना अधिकारी बिष्णु प्रसाद पौडेलले बताए ।

पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका वाड नम्बर १०  का २१ वर्षीय कमलप्रसाद खत्री, सन्धिखर्क नगरपालिका वडा नम्बर १  का २० वर्षीय सुरज कुमाल, २० वर्षीय सुजन नेपाली र १९ वर्षीय सुमित  रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

उनीहरूको साथबाट १३० मिलिग्राम ब्राउन सुगर नामक लागुपदार्थ फेला परेको हो । पाँचै जनालाई जिल्ला अदालत अर्घाखाँचीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले अर्घाखाँचीभर ट्राफिक प्रहरीलाई समेत परिचालन गरी राजश्व वृद्धि गर्नुको साथै नागरिक सुनुवाइ लागुऔषध नियन्त्रण प्रहरी साझेदारी अन्तर्गत जनचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise