काठमाडौंः कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ ।
बुधबार त्रिपुरेश्वर स्थित खेलकुद परिषद्को सभाहलमा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा आगामी चैत्र २३ गते देखि ३० गतेसम्म सञ्चालन हुने १०औं राष्ट्रिय खेलकुदको सचिवालयको उद्घाटन गरिएको हो ।
कार्यक्रममा परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदको सहभागिताको सङ्ख्या जम्मा दुई सय १५ जना रहेकोमा यो वर्ष सात सय माथिको संख्यामा सहभागिता रहने अपेक्षा रहेको बताए ।
उनले भने, ‘विगतको नवौं राष्ट्रिय खेलकुदको सहभागिता =को सङ्ख्या हेर्ने हो भने जम्मा दुई सय १५ जना थियो । तर अहिले सात सयभन्दा माथि सहभागी गराउने टिम छ ।’ प्रतियोगिताको सम्पूर्ण तयारी, प्रतियोगिता अवधिभरको व्यवस्थापकीय काम सचिवालयबाट हुनेछ ।