२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

नेपाल किसान महासंघ अर्घाखाँचीको अध्यक्षमा केसी चयन  

ADV
मध्यान्ह
२०८१ असार १० गते २३:३६
नेपाल किसान महासंघ अर्घाखाँचीको अध्यक्षमा केसी चयन  


सरु भुसाल/ मध्यान्ह

अर्घाखाँची : नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनालले वर्तमान सरकाले किसानहरुका समस्याप्रति चासो नदिएको बताएका छन् ।  सन्धिखर्कमा भएको नेपाल किसान महासंघको प्रथम भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री खनालले सरकारले वास्तविक किसानलाई दिनुपर्ने सहुलियत दिएको आरोप लगाए । उनले सरकारले आफ्ना पार्टी निकट रहेका कार्यकर्ता सहुलियत वितरण गर्ने गरेकोले त्यस्ता गलत कार्यको खबरदारी गर्नुपर्ने बताए । 

नेपाली कांग्रेसको भातृसंगठन नेपाल किसान महासंघ अर्घाखाँचीको अध्यक्षमा राजेन्द्र केसी चयन भएको छ । केसीको नेतृत्वमा ११ सदस्यीय समिति गठन भएको छ । सदस्यहरुमा  सितगंगा नगरपालिकाका रामप्रसाद आचार्य र ईश्वरी प्रसाद पौडेल, सन्धिखर्क नगरपालिकाका जनक श्रेष्ठ र मोति श्रेष्ठ,  छत्रदेव गाउपालिकाबाट परिचय भट्टराई र सरिता भुसाल,  मालारानि गाउँपालिकाबाट  कलाधर खनाल र खिमानन्द खनाल, भूमिकास्थान नगरपालिकाका लिला चुँदाली,  पाणिनीका ध्रुवराज घिमिरे निर्वाचित भएका छन् । किसान महासंघको पहिलो बैठकले  असार १५ शनिबार धान दिवसका अवसरमा पाणिनी गाउँपालिका अर्घाखाँचीको दर्लामफाटमा   धान रोपाई गर्ने अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise