२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

आईसीसी वरियता : टी–२० आईमा १७ औँ र एकदिवसीयमा १८ औँ स्थानमा नेपाल यथावत

ADV
मध्यान्ह
२०८१ पुष २४ गते १७:५९
आईसीसी वरियता : टी–२० आईमा १७ औँ र एकदिवसीयमा १८ औँ स्थानमा नेपाल यथावत

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टिम र खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक आईसीसीकोे वरीयताअनुसार टी–२० आईमा नेपाल १७ औँ स्थानमा यथावत छ भने एकदिवसीयमा पनि १८ औँ स्थानमा यथावत नै छ । 

आईसीसीको नयाँ वरीयतामा खेलाडीको वरीयतामा पनि खासै परिवर्तन आएको छैन । टी–२० आईतर्फ बलिङ, ब्याटिङ र अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरी अगाडि छन् । उनी यी तीनै वर्गमा उत्कृष्ट वरीयतामा छन् । अलराउन्डरतर्फ ऐरी विश्वकै दोस्रो स्थानमा पनि यथावत नै छन् । उनी गत असोजयता लगातार अलराउन्डरतर्फ दोस्रो स्थानमा छन् । 

ब्याटिङमा ऐरी ५१ औँ स्थानमा यथावत छन् भने कप्तान रोहित पौडेल ६० औँ स्थानमा यथावत छन् । यस्तै ६९ औँ स्थानमा आसिफ शेख र १०० औँ स्थानमा कुशल भुर्तेल यथावत छन् ।

टी–२०आई बलिङतर्फ ६२ औँ स्थानमा ऐरी र ८९ औँ स्थानमा सोमपाल कामी यथावत छन् ।  यस्तै टी–२० आई अलराउन्डरतर्फ दोस्रो स्थानमा ऐरी यथावत छन् भने ३५ औँमा गुल्सन झा यथावत छन् । कुशल मल्ल एक स्थान सुधार गरी ४७ मा छन् भने कुशल भुर्तेल ५४ औँमा यथावत छन् । यस्तै, एक स्थान सुधार गरी रोहित पौडेल ५६ औँ स्थानमा पुगेका छन् । करण केसी एक स्थान खस्केर ७७ औँ स्थानमा छन् ।  

एक दिवसीयतर्फ ब्याटिङमा आसिफ शेख ८५ औँ स्थानमा, कुशल भुर्तेल ९२ औँमा र रोहित पौडेल ९६ औँमा यथावत छन् । बलिङतर्फ एक स्थान सुधार गरी सन्दीप लामिछाने ४९ औँमा छन् भने ५५ औँमा ललित राजवंशी यथावत छन् । ७० औँमा दीपेन्द्रसिंह ऐरी, ८५ औँमा सोमपाल 

ADVADV

सम्बन्धित खबर

Advertise