२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

Nada
२०८१ पुष २६ गते १४:५५
Shares
नागपोखरीमा खुल्यो नामी गाडीको शोरुम, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं : एमएडब्ल्यू वृद्धि मोटर्स प्रा.लि.द्वारा आयातित डोङफेङ नामीले नेपालमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गरेको छ । ग्राहकहरूका लागि थप गुणस्तरीय सेवाका लागि नयाँ अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो ।

ncell

उद्घाटन समारोहमा डोङफेङ मोटर्सका कन्ट्री म्यानेजर फान झियुआन, एमएडब्ल्यू वृद्धि समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एमएडब्ल्यू वृद्धिका एमडी विवेक सिकरिया र एमएडब्ल्यू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तलगायत नामीका ग्राहक, संचारकर्मी एवं शुभेच्छुकहरुको उपस्थिति थियो । 

सोही अवसरमा नामीले सीमित समयका अफरहरूसहितको मेगा टेस्ट ड्राइभ क्याम्प पनि घोषणा गरेको छ । नक्सालको नागपोखरीमा रहेको नयाँ शोरूममा जनवरी ११ देखि १६ सम्म आयोजना हुनेगरी मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा गरिएको हो । 

क्याम्पले सम्भावित ग्राहकहरूलाई नामीको प्रत्यक्ष अनुभव लिने अवसर प्रदान गर्ने बताइएको छ । ग्राहकहरूले ‘नाउ अर नेभर’ मेगा अफरहरूबाट फाइदा लिन सक्ने र सात किलोवाटको वाल चार्जर एवं आकर्षक नगद छुट समावेश गरिएको छ ।  

यसबाहेक, ग्राहकहरूले गाडीको टेस्ट ड्राइभ गर्दा रोमाञ्चक गिफ्ट ह्याम्पर र बुकिङ गर्दा नगरकोटको होटल कन्ट्री भिल्लामा निशुल्क नाइट स्टे गर्न पाउने कम्पनीले जनाएको छ ।

ग्राहकहरूले आफ्नो पुरानो गाडी साट्न र राम्रो एक्सचेन्ज मूल्यमा नयाँ नामी घर लैजान पनि सक्ने कम्पनीको भनाइ छ ।

‘नेपालमा हाम्रो अत्याधुनिक शोरूम खोल्न पाउँदा हामी रोमाञ्चित छौं’, एमएडब्ल्यू वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘यसले हाम्रो बढ्दो ग्राहक आधारलाई उत्कृष्ट सेवा दिन सघाउँछ भन्नेमा हामी विश्वस्त छौं ।’

ताजा खबर

सम्बन्धित खबर