काठमाडौं : गरिमा क्यापिटल लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डेयको अध्यक्षतामा बिहीबार नवौँ साधारण सभा सम्पन्न भएको हो ।
सभामा आर्थिक बर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष दिपक पाण्डेय एवं प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले स्पष्ट पारेका थिए । गरिमा विकास बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष, पूर्व अध्यक्ष, गरिमा म्युचूअल फण्डअन्तर्गत गरिमा समृद्धि योजनाका कोष सुपरीवेक्षक तथा शेयरधनीहरूको उपस्थिति रहेको थियो ।
सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष ०८०/८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । यसैगरी, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष ०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गरिएको छ ।
त्यस्तै, कम्पनीको छैटौँ तथा आठौँ वार्षिक साधारण सभाबाट नियुक्त सञ्चालकहरूमध्ये एक (१)/एक (१) सञ्चालक पद रिक्त भएको र रिक्त पदमा सञ्चालक समितिद्वारा बाँकी कार्यकालका लागि नियुक्त सञ्चालकहरूको नियुक्ती अनुमोदनलाई सभाले पारित गरेको थियो ।