२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

महिला सहकारी संस्थाले १० प्रतिशत लाभांश दिने

ADV
मध्यान्ह
२०८१ पुष २७ गते २१:०४
महिला सहकारी संस्थाले १० प्रतिशत लाभांश दिने

काठमाडौं : महिला सहकारी संस्थाले १० प्रतिशत लाभांश दिने भएको छ । महिला सहकारी संस्था कुलेश्वर शाखाको उनन्तिसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनी सदस्यलाई चूक्तापुँजीको १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 

संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २८ करोड २७ लाख ३८ हजार रूपैयाँ कुल आम्दानी गरेको जनाएको छ । यस्तै, संस्थाले सो आर्थिक वर्षमा २३ करोड ७७ लाख ३ हजार रूपैयाँ कुल खर्च गरी ४ करोड ५० लाख ३४ हजार रूपैयाँ संचालन नाफा आर्जन गरेको छ । नाफाबाट संस्थाले आय कर बापत ८५ लाख २ हजार रूपैयाँ  बुझाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २३ करोड ७ लाख ३४ हजार रूपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६१ करोड ६९ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले काठमाडौंं उपत्यकामा बैंकिङ कारोवार संचालन गर्नुको साथै विपन्न महिलाहरूको लागि लघुवित्त कार्यक्रम संचालन गरी सामूहिक जमानीमा बिनाधितो ऋण प्रदान गरी गरिब तथा विपन्न महिलाहरूलाई लघुवित्त सेवा दिँदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise