२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

लोकदर्शन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

shivam cement
मध्यान्ह
२०८१ पुष २७ गते २१:४१
लोकदर्शन बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

काठमाडौं : लोकदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको सो संस्थाको वार्षिक प्रगति प्रतिवेदन, गत आर्थिक वर्ष ०८०/८१ र चालु आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम, आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै संस्थाको पन्ध्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।

साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष प्रेमकुमार कटुवालले सहकारी क्षेत्रमा समस्या देखिएको अवस्थामा लोकदर्शन सहकारीले राम्रो कारोबार गर्न सफल भएको बताएका थिए । संस्थाले गत आर्थिक वर्षमा १ करोड २१ लाख ६८ हजार ७११ रूपैयाँ आम्दानी गरेकोमा चालु आर्थिक वर्षमा १ करोड २५ लाख रूपैयाँ आम्दानीको लक्ष्य राखेको संस्थाका सचिव देवराज कटुवालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

संस्थाका कोषाध्यक्ष रामप्रसाद भन्तनाले सभामा प्रस्तुत गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनअनुसार संस्थामा शेयर पुँजी २ करोड ६८ लाख १७ हजार ६ सय, जगेडा तथा अन्य कोषमा १ करोड ५५ लाख ५६ हजार २३, कर्जा जोखिम कोषमा ४१ लाख १५ हजार २ सय ३३ र बचत निक्षेप ७ करोड ६४ लाख ७३ हजार १८७ रूपैयाँ रहेको छ । त्यस्तै, सोही प्रतिवेदनमा संस्थाले १० करोड बढी कर्जा लगानी गरेको, १ करोड बढी आम्दानी गरेको, १ करोड बढी खर्च गरेको र ११ लाख ६४ हजार २६ रूपैयाँ खुद आम्दानी गरेको उल्लेख छ ।

लेखा सुपरीवेक्षण समितिका संयोजक शालिकराम गौतमका अनुसार संस्थाले बचत दिने र ऋणमा लिने ब्याजदरको अन्तर औसतमा ४.३५ प्रतिशत रहेको छ ।

सभामा लोकदर्शन सहकारीका सल्लाहकार समितिका संयोजक दिलप्रसाद पोखरेल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष तथा शेयर सदस्य ताराप्रसाद भट्टराई, मध्यान्ह दैनिकका सम्पादक तथा शेयर सदस्य मदनकुमार श्रेष्ठलगायतले प्रतिकुल आर्थिक परिस्थितिमा पनि सहकारीको अवस्था सन्तोषजनक रहनु शेयर सदस्यहरूका लागि खुसीको विषय भएको उल्लेख गर्दै कर्जा असुलीमा थप प्रयास गर्नुपर्ने सुझाव दिएका थिए । लोकदर्शनलाई चुस्त दुरुस्त राख्न व्यवस्थापक रमेशप्रसाद भट्टराई र कर्मचारीहरूको लगनशीलता प्रशंसनीय भएको पनि वक्ताहरूले उल्लेख गरे ।

ADV

सम्बन्धित खबर

Advertise