२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

सिद्धार्थ बैंकको नयाँ सञ्चालक समिति चयन

ADV
मध्यान्ह
२०८१ पुष २८ गते २१:०१
सिद्धार्थ बैंकको नयाँ सञ्चालक समिति चयन

काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिमा नयाँ सदस्यहरू चयन भएको छ । बैंकको आइतबार भएको २३औँ वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो ।

साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्पmबाट राहुल अग्रवाल, दिनेशशंकर पालिखे र विरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया (प्रतिनिधि–लेभरेज होल्डिङ्ग्स प्रालि) र  भोजन अर्याल (प्रतिनिधि–रिनुवल इन्भेष्टमेन्ट प्रालि)निर्विरोध निर्वाचित भएका छन् ।

साधारण सभाले बैंकको चुक्ता पुँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रूपैँयाको ४ प्रतिशतका दरले हुने छपन्न करोड पँैतीस लाख उनान्सय हजार दुई सय आठ नगद लाभांश कर प्रयोजनका लागि समेत लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise