काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडले शेयरधनीहरूले पाउने लाभांश पारित गरेको छ । आइतबार भएको कम्पनीको सत्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (लाभांशको कर समेत) वितरण गर्ने निर्णय पारित गरेको हो ।
साधारण सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट ३ जना यादव अधिकारी रामहरी शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट १ जना सतिश गौतम गरी चार जना सञ्चालकहरु आगामि ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीले गत मंसिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा प्रर्वाह गरेको फाइनान्सले जनाएको छ । फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रहि २७ वटा शाखा तथा एक विस्तारित काउन्टरमार्फत् देशभरका प्रमुख सहरहरूमा, १ लाख २० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई सेवा पुर्याउँदै आएको छ ।