२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

गुहेश्वरी फाइनान्सको साधारण सभा सम्पन्न

ADV
मध्यान्ह
२०८१ पुष २८ गते २१:०३
गुहेश्वरी फाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं : गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । फाइनान्सको आइतबार २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । सो सभामा संचालक समितिको तर्फबाट अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेका थिए । हाल संस्थाको कूल निक्षेप ८ अर्ब ३५ करोड रूपैयाँ र कर्जा ५ अर्ब ८४ करोड रूपैयाँ रहेको छ । 

राष्ट्रियस्तरको सो वित्तीय संस्थाले २३ वटा शाखा कार्यालयहरू र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आईरहेको फाइनान्सले जनाएको छ ।  कारोबार विस्तारको लागि निकट भविष्यमा थप शाखा विस्तार गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise