काठमाडौं : प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २७औँ एवं २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार २९ गते संस्थाका सञ्चालक समिति अध्यक्ष लक्ष्मीप्रसाद महर्जनको अध्यक्षतामा उक्त साभारण सभा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष महर्जनले संस्थाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा गरेका कार्यक्रम तथा गतिविधिहरू बारे प्रकाश पारेका थिए ।
उनले चालु आर्थिक वर्षमा संस्थाले सञ्चालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले सञ्चालन गर्ने कार्यक्रम तथा योजनाहरूबारे जानकारी दिएका थिए । साथै संस्थाले गत आर्थिक वर्षमा मुनाफा आर्जन गरी शेयरधनीहरूमा आशाको सञ्चार गराएको तथा शेयरधनीहरूबाट प्राप्त सल्लाह तथा सुझावहरूको सराहना गर्दै आगामी दिनहरूमा यस्ता सुझावहरु कार्यान्वयनको प्रतिबद्धता व्यक्त गरे ।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ को वित्तीय अवस्थाको विवरण, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरू छलफल पश्चात स्वीकृत गरेको छ ।