काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र ४ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस शेयर सहित कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्दै बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले गरेका थिए ।
बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ । हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले आधुनिक प्रविधि र नविनतम सेवा प्रदान गर्दै ग्राहकहरूको विश्वास आर्जन गर्न सफल भएको जनाएको छ । सभाले बैंकको स्थायित्व र विकासमा शेयरधनी तथा सरोकारवालाहरूको महत्वपूर्ण योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ ।