काठमाडौं : सीजी डिजिटलले एकैपटक पाँचवटा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो ।
यी शाखाहरूमा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणलगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सकिने कम्पनीले जनाएको छ । जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक डेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।
कम्पनीकाअनुसार यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ । कम्पनीकाअनुसार यसमा फ्री डेलिभरी, फ्री इन्स्टलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफसर र लियालिटी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन् ।
कम्पनीले नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरेको छ, जसमा सहभागी भएर खाना पकाउने कला सिक्न सकिने छ । यी ५ वटासमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।